दफा ३१
प्राकृतिक ग्याँसको संरक्षण
: कच्चा तेलसित संलग्न रहेको पेट्रोलियम कार्यमा प्रयोग नगरेको वा यस सम्झौताबमोजिम विकास वा बिक्री नगरेको प्राकृतिक ग्याँसलाई पुन जमीनमुनि प्रवेश गराइनेछ । तर प्राविधिक परिस्थितिले आवश्यक भएको अवस्थामा उचित अवधिको लागि तेल क्षेत्रको प्रचलनानुसार विभागले प्राकृतिक ग्याँसलाई बाल्न अनुमति दिन सक्नेछ र विभागको स्वीकृति लिएर बालिएको प्राकृतिक ग्याँस पेट्रोलियम कार्यमा प्रयोग भएको मानिनेछ ।